Rule 6
अनुगमन तथा निरीक्षण गर्न सक्ने

६. अनुगमन तथा निरीक्षण गर्न सक्ने

(१) ऐन वा यस नियमावली बमोजिम संस्थापकद्वारा संयुक्त आवास भवन निर्माण तथा सञ्चालन भए नभएको सम्बन्धमा अधिकार प्राप्त अधिकारीले अनुगमन तथा निरीक्षण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुगमन तथा निरीक्षण गर्दा संस्थापकद्वारा ऐन वा यस नियमावली विपरीत संयुक्त आवास भवन निर्माण तथा सञ्चालन गरेको देखिएमा अधिकार प्राप्त अधिकारीले सो कार्य गर्न रोक लगाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको आदेश बमोजिम संस्थापकले काम नगरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो संस्थापकलाई ऐन बमोजिम सजाय गर्न सक्नेछ ।